काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (नेकपा माओवादी केन्द्र) ले पूर्व लडाकूको व्यवस्थापन गर्न नसकेको बताएका छन् ।पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने समेत दाबी गरे ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रहे पनि पूर्वलडाकू व्यवस्थापन र उनीहरूको उपचारलगायतमा ध्यान नदिएको आरोप लगाए । ‘प्रचण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्न ? घाइतेको उपचार किन गर्नु हुन्न ? मनपरेका मानिसलाई १० हजार बाँडेर हुन्छ ? पैसा बाँडेर समस्या समाधान हुन्छ ?,’ चितवनमा आज दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले भने, ‘लडाकूलाई रोजगारी दिने हो सरकारमा तपाईं हुनुहुन्छ ।’
उनले लडाकू व्यवस्थापन गर्ने पावर देखाउन प्रचण्डलाई आग्रह गरेका थिए । त्यसैगरी अध्यक्ष ओलीले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गरेका छन् । उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उनको भनाइ छ ।




प्रतिक्रिया