काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा सर्वसम्मत गर्नका लागि आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । एमालेमा लामो समयदेखि आफूलाई साथ दिँदै आएका नेताहरूसँग अध्यक्ष ओलीले शनिबार बिहान १० औँ महाधिवेशनको बन्दसत्रस्थल होटल पार्क सफारीमा छलफल गरेका हुन् ।
नेतृत्वमा सहमतिका लागि छलफल भएको तर सहमति भने हुन नसको स्रोतले बताएको छ । उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहोर्याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन नसकेको हो ।
संसदीय दलका उपनेता नेम्वाङले सहमतिको प्रयास जारी रहेको बताएका छन् । यता नेता भीम रावलले आफुलाई एक मत आए पनि अध्यक्ष पदको लागि चुनाव लड्ने अडान लिएका छन् ।




प्रतिक्रिया