अध्यक्ष ओली बन्दसत्र स्थल प्रवेश, बैठक केहीबेरमा सुरु हुँदै

अध्यक्ष ओली बन्दसत्र स्थल प्रवेश, बैठक केहीबेरमा सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको बन्दसत्र केही बेर पछाडी धकेलिएको छ । जारी १० औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजे बन्दसत्र सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बज्दा समेत बन्दसत्र सुरु हुन सकेको छैन ।

केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो । एमाले अध्यक्ष केपी ओली केही बेरा अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए । एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।अहिले पनि नेताहरु छलफलमा रहेकाले बन्दसत्र अझ केही पर धकेलीने देखिएको छ । प्रचार विभागका अनुसार दिउँसो ३ बजेसम्म बन्दसत्र सुरु हुनेछ ।