ओलीकै कारण नेकपा विघटन भयो : प्रचण्ड

ओलीकै कारण नेकपा विघटन भयो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रको पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष दाहालले माक्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।

उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु प¥यो भन्ने सम्बन्धमा समेत कार्यकर्तालाई स्पष्ट पारेका थिए । प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे । उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको उनको भनाइ छ ।

पहिलोचोटिको प्रतिनिधिसभा विघटनविरुद्ध सडकबाट प्रतिवाद गरेको र दोस्रोपटकको प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन बनाएर संसदबाटै प्रतिवाद गरी सर्वोच्च अदालतमा जानु परेको उनले बताए । माओवादी केन्द्रले आज सात सय ५३ पालिका सम्मेलन गर्दै छ ।