बुढानिलकण्ठमा देउवा पक्षको भेला सुरु, विमलेन्द्र निधि आउट

बुढानिलकण्ठमा देउवा पक्षको भेला सुरु, विमलेन्द्र निधि आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू पक्षीय नेताहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न बोलाएको आफूपक्षीय नेताहरुको बैठक सुरु भएको हो ।

बैठक देउवा निवास बूढानीलकण्ठमा सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा देउवापक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, संस्थापनपक्षका नेता कार्यकर्ता सहभागी छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाण्डुमा हुनेछ ।

निधि आउट

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका विमलेन्द्र निधि संस्थापन पक्षबाट बहिस्कारमा परेका छन् । उनी संस्थापन पक्ष समूहबाट औपचारिक रुपमा बहिस्कारमा परेका हुन् ।

निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपनि यसअघि देउवाले आफ्नो पक्षको बैठकमा उनलाई बोलाउने गरेका थिए । आजको बैठकमा भने उनलाई निमन्त्रणा गरिएको छैन ।