कांग्रेस जनजातितर्फ सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

कांग्रेस जनजातितर्फ सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले आशन्न १४ औं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातितर्फ केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत रहेकी नेतृ गुरुङ प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवानिकट हुन् । कांग्रेसमा यसपटक खस आर्य, महिला, मधेशी, आदिवासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ ।

‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको छु । त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिवासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ,’ उनले भनिन् ।

तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव समेत भएर उनले काम गरेकी छन्।