काठमाण्डु – नेपाली कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त प्रदेश सभापतिका लागि गुरूराज घिमिरेले रामचन्द्र पौडेल–कोइराला प्यानलबाट पाएपछि कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कोइरालालाई पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सूचीमा राखिएको छ । घिमिरे प्रदेशसभा सभापतिमा उद्धव थापासँग दुई मतले हारेका थिए ।




प्रतिक्रिया