काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षका तिन नेता प्रकाशमान सिंहको निवास पुगेका छन् । हालसम्म साझा उम्मेदवार तय गर्न नसकेको उक्त पक्ष नेता सिंहलाई मनाउन चाक्सीबारी पुगेकाे हाे ।
संस्थापन इतर समूहका केन्द्रीय सदस्यको भेलाको निष्कर्ष लिएर ती नेता सिंहलाई भेट्न पुगेका स्रोतले बताएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको भेलाले प्रकाशमान सिंहलाई पनि सहमतिमा ल्याउन महेश आचार्य, बलवहादुर केसी र अर्जुन नरसिंहलाई जिम्मा दिएको हो ।
प्रकाशमान सिंहबाहेक अन्य नेता भेलाको निर्णय अनुसार अघि बढ्न तयार छन् । सिंहले सभापतिमा दाबी छाडेका छैनन् ।




प्रतिक्रिया