एमाले अध्यक्ष ओलीविरुद्धको अवहेलना मुद्दाको फैसला आज

एमाले अध्यक्ष ओलीविरुद्धको अवहेलना मुद्दाको फैसला आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्धाको फैसला बिहीबार हुने भएको छ । तत्कालीन प्रधानमन्त्रीका रुपमा दिएको अभिव्यक्तिका कारण ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा आज पेसीमा चढेको हो ।

२०७७ माघ १३ गते ओलीले प्रतिनिधि सभा विघटनको मुद्दाको बहस चलिरहँदा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानले अवहेलना निवेदन दायर गरेका थिए । अध्यक्ष ओलीको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा छ ।