कांग्रेस संस्थापनइतर पक्षमा सभापतिको दौडबाट पछि नहट्ने यी नेताको अडान

कांग्रेस संस्थापनइतर पक्षमा सभापतिको दौडबाट पछि नहट्ने यी नेताको अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन् । कांग्रेसको १४ औँ महाधिवेशनको अघिल्लो दिन सम्म पनि संस्थापनइतर पक्षमा साझा उम्मेदवारको लागि सहमति जुट्न सकेको छैन् । बिहीवार संस्थापनइतरका कांग्रेस केन्द्रीय सदस्यहरूको भेलाले रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएर जान प्रस्ताव गरेको थियो ।

केन्द्रीय सदस्यहरुले भने पौडेल पक्षमा सहमति जुटेको दाबी गरिरहेका छन् । यता नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला भने सभापतिको दौडबाट पछि नहट्ने अडानमा छन् । नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । पार्टीलाई विधिसम्मत तवरले सञ्चालन गर्न आफूले सभापति पदमा उम्मेदवारी दिने उनले दावी गरे । काठमाण्डुको बानेश्वरमा आज कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै सिंहले भने, ‘म सभापतिको दौडबाट पछि हट्दिनँ । पार्टीलाई विधिसम्मत तरिकाले चलाउँछु ।’

यता डा. कोइरला पनि सभापतिको दावेदारबाट पछि नहटेको उनको सचिवालयले पुष्टि गरेको छ । सचिवालयका अनुसार शेखरले सभापतिमा आफ्नो नाममा सहमित जुटाएर अघि बढ्न आग्रह गरेका छन् । ‘मैले लामो समयदेखि सभापतिमा उठ्ने तयारी गरेको छु, प्रकाशमान उठे पनि म पछि हट्दिनँ ।’ उनले भने । पौडेल पक्षबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार तय गर्ने भने पनि ढिलाइ भइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले आफ्नो टिमबाट सभापतिमा एक उम्मेदवार दिने खण्डमा आफूहरूले सभापतिमा दाबी नगर्ने बताए पनि सिंह र शेखर कोइरालाबीच कसले कसलाई सभापति छाड्ने भन्ने विवाद छ ।