सर्वाेच्चको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो : एमाले


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखिएको समस्या गुटको झगडा भएको बताएका छन् ।

काठमाण्डुको तिनकुनेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अदालतमा जारी आन्दोलन कानुन व्यवसायीहरुको दुई गुटबीप्चको झगडा भएको बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीहरु करिब दुई महिनादेखि आन्दोलनमा छन् । ‘सर्वोच्चको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो । केहि न्यायाधीशलाई एक जनालाई हटाएर त्यो पदमा पुग्न सकिन्छ कि भन्ने भएको छ,’ उनले भने ।

उनले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको समेत बताए । ‘प्रभावशाली मानिने कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,’ उनले भने ।

ज्ञवालीले एमालेले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसदहरुलाई कारवाही गरेको भए पनि सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना ननिकालेर पक्षपात पूर्ण व्यवहार गरिरहेको दोहोर्‍याए ।

संसदको गतिरोध अन्त्यका लागि एमालेले लगातार आवाज उठाइरहेको भए पनि सरकारले सुनुवाइ नगरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement