कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाण्डुमा आज (बिहीबार) पत्रकार सम्मेलन गरी भोलिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनको लागि नेता थापाले महामन्त्री पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थापाले आफ्नो लागि महामन्त्रीभन्दा पनि महत्त्वपूर्ण कुरा जनताको जीवनको बदलाव भएको बताए । उनले आफ्नो राजनीतिक यात्रा कहाँ गएर टुंगिन्छ थाहा नभएको भन्दै अबको १०–१५ वर्ष काम गर्ने बताए ।

थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणको लागि आफ्नो अवधारणापत्र सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेका हुन् ।