काठमाण्डु- नेकपा माओवादीले प्रदेश पदाधिकारी र संख्या थप गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको बिहिवार बसेको स्थायी समितिको बैठकले प्रदेश पदाधिकारीको संख्या ७ बाट ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादीले प्रदेश समितिको संख्या समेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसमा परिवर्तन गर्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई हेरेर संख्या थप गर्ने निर्णय माओवादी गरेको हो ।
माओवादी प्रवक्ता महराकाअनुसार अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।
त्यसैगरी प्रदेशमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक,तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था माओवादीले गरेको छ ।
माओवादीले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको छ । त्यस्तै बैठकले महिला विभाग थपेर पम्फा भुसाललाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया