कांग्रेस केन्द्रीय सदस्यमा शान्ती बोहराको उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय सदस्यमा शान्ती बोहराको उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी नेतृ शान्ति बोहरा पुजाराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । भोलीदेखि काठमाण्डुमा सुरु हुने १४औं महाधिवेशनमा बोहराले सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा भूगोल (महिला) तर्फबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

 मंगला स्मृति प्रतिष्ठान ७ नम्बर प्रदेशको अध्यक्ष समेत रहेकी उनले आफूले पार्टीमा आवद्ध रहेर देश र जनताका लागि लामो समयदेखि काम गर्दै आएको बताइन् । साथै बोहराले आफूलाई अत्यधिक मतले सो पदमा विजयी गराई दिन अनुरोध गरेकी छन् ।