एजेन्सी – भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा लगाइँदै आएको रोकलाई सन् २०२२ को जनवरी ३१ सम्म निरन्तरता दिने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन नदिने भन्दै भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा रोक लगाएको हो ।
यसअघि उसले १५ डिसेम्बरसम्म मात्र रोक लगाउने निर्णय गरेको थियो । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले १ जनवरीसम्म अन्तर्राष्ट्रिय व्यवसायिक उडान स्थगित भएको जनाएको हो ।
तर, कार्गो र कूटनीतिक उडानमा भने यो नियम लागू हुनेछैन । पछिल्लो समय भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढिरहेका छन् ।




प्रतिक्रिया