कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी, कति खस्यो मत ?

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी, कति खस्यो मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज भइरहेको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ६०० जनाले मतदान गरिसकेका छन् ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डारामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।