काठमाण्डु – नेकपा एकीकृत समाजवादीको संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतक चयन गरिएको छ । सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो ।
त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतकमा भने शेरबहादुर कुँवर चयन भएका छन् । आजको बैठकमा भोलि मंगलबारदेखि सुरु हुने प्रतिनिधिसभा बैठक लगायत समसामयीक विषयमा छलफल भएको एक नेताले जानकारी दिए । एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ गरी ३० जना सांसद रहेका छन् ।




प्रतिक्रिया