काठमाण्डु – नेपाली कांग्रेसको नयां नेतृत्व चयनका लागी भएको निर्वाचनको मतगणना अहिले जारी छ । सभापति पदतर्फको मतगणना अहिले भइरहेको छ । सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले अग्रता लिएका छन् । २३ सय मत गन्दा देउवाले ११०६ र अर्का प्रतिस्पर्धी शेखर कोइरालाले ८२२ मत ल्याएका छन् ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकोे छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ । कांग्रेस सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार छन्।




प्रतिक्रिया