काठमाण्डु – नेपाली कांग्रेसको २४औँ महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।
भेटवार्तामा नेता सिंहले अन्य नेताहरुसँग छलफल गरेर मात्र आफ्नो जवाफ दिने बताएका छन् ।
‘अब दोस्रो चरणको निर्वाचनमा के गर्ने भन्ने विषयमा म साथीहरुसँग छलफल गरेर मात्र निष्कर्ष दिन्छु’, खाँणलाई सिंहले भनेको उद्धृत गर्दै उनका प्रेस संयोजक युपी लामिछानेले भने ।
सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिको दौडमा थिए । तर, उनी पहिलो चरणबाट बाहिरिएका छन् ।
खाँण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन् । सभापतिबाहेक पदाधिकारीको मतगणना बाँकी रहेको छ ।




प्रतिक्रिया