काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
दलको बैठक मंगलबार ११ बजे बोलाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए । दलको बैठक बोलाउनुअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा आफू निकट सांसदहरुसँग छलफल गरेका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठक आज मंसिर २८ गते दिउँसो २ बजेका लागि आह्वान गरेकी थिइन् ।




प्रतिक्रिया