काठमाण्डु – नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र प्रकाशमान सिंह बीच भेटवार्ता भएको छ । डा. कोइरालाले बिहान सिंह निवास चाक्सीबारीमा पुगेर प्रकाशमानसँग भेटवार्ता गरेका हुन् ।
उनीहरुबीचको भेटमा कोइरालाले दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए ।
यसअघि आजै बिहान देउवा पक्षका नेता बालकृष्ण खाँणले पनि सिंहलाई भेटेर फर्किएका थिए । दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका खाँणलाई पनि सिंहले यही जवाफ दिएर पठाएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।
प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् । उनको टिममा सुजाता कोइराला, विश्वप्रकाश शर्मा लगायतका नेताहरू छन् ।




प्रतिक्रिया