भोट तान्न देउवाको दौडधुपः प्रकाशमान भेट्न चाक्सीबारी पुगे

भोट तान्न देउवाको दौडधुपः प्रकाशमान भेट्न चाक्सीबारी पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहसँग भेट गर्न चाक्सीबारी पुगेका छन् । सभापति देउवा भोट माग्दै सिंह निवास चाक्सीबारी पुगेका हुन् ।

काँग्रेस सभापतिका लागि आजै दोस्रो चरणको मतदान हुने भएपछि पहिलो चरणबाट बाहिरिएका प्रकाशमानसँग भोट माग्दै देउवा चाक्सीबारीमा पुगेका हुन् ।

यसअघि देउवा समूहकै नेता बालकृष्ण खाँण प्रकाशमानलाइ भेट्न बिहानै सिंह निवासमा पुगेका थिए । काँग्रेस सभापतिको दोस्रो चरणको चुनावमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि पहिलो चरणको चुनावबाट प्रकाशमानसहित विमलेन्द्र निधि र कल्याण गुरुङ बाहिरिएका थिए ।

देउवाले निधि र प्रकाश सिंहलाई फकाउन सके उनको पक्षमा बहुमत पुग्न सक्ने देखिएको छ । पहिलो चरणको चुनावमा देउवालाई बहुमत ल्याउन ८२ मत पुगेको थिएन ।