काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले नाराबाजी गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका हुन् ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् । संसद् बाहिर भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।
एमसीसी संसदबाट पारित नगर्न भन्दै दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको हो ।सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ती दलले मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय समेत घेराउ गरेको थियो भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।




प्रतिक्रिया