काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डा. शेखर कोइरालाले आफू दाेस्रो चरणको चुनाव लड्ने बताएका छन् । काठमाण्डुमा जारी महाधिवेशन अन्तर्गत उनले आफू चुनावी मैदानबाट बाहिरीन लागेको हल्ला सत्य नभएको बताएका हुन् ।
त्यसैगरी डा. कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेकको निर्णय लिएर भोट गर्न अपिल गरेका छन् । ‘आफ्नो अन्तरआत्माको आवाज सुनेर विवेकको निर्णय लिनुहोला ।’ कोइरालाले पत्रकार सम्मेलनमा भने ।
सोमबार भएको पहिलो चरणको चुनावमा कोइरालाले १ हजार ७२९ अर्थात २६.९३ मत पाएका छन् । सबै भन्दा बढी शेरबहादुर देउवाले २ हजार २५८ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया