काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान शुरू हुनुअघि सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रतिनिधिहरूसँग मत मागेका छन् । मंगलबार काठमाण्डुमा जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरू देउवाले मत मागेका हुन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव गएको हो । सभापतिका लागि देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ ।
दोस्रो चरणको चुनावमा देउवालाई नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिले सहयोग गर्ने बताएका छन् ।




प्रतिक्रिया