काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान जारी छ । काठमाण्डुमा जारी मतदानमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । ९१ वर्षीया महाधिवेशन प्रतिनिधि शान्ति कार्कीले आफूले पहिलो मत खसालेको बताएकी छन् ।
अरू महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लामबद्ध छन् । पहिलो चरणमा सभापति पदका कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणमा सबै भन्दा बढी मत देउवाले ल्याएका थिए ।




प्रतिक्रिया