काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेन अन्तर्गत दास्रो चरणको चुनावमा नेता शशांक कोइरालाले शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । मंगलबार बालुवाटारमा नेता कोइराला र देउवाबीच भएको भेटवार्तामा उनले देवालाई समर्थन गर्ने बताएको स्रोतले जनाएको छ ।
पहिलो चरणको चुनावमा पाँच जना उम्मेदवार मध्ये एक जनाले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन सकेका थिएनन् । त्यसपछि कांगेसको विधान अनुसार चुनाव दास्रो चरणमा गएको हो । दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।




प्रतिक्रिया