प्रकाशमानको स्पष्टीकरण- कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन

प्रकाशमानको स्पष्टीकरण- कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् । साथै उनले एक पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

यस्ताे छ वक्तव्य:

आदरणीय पत्रकार साथीहरू
जय नेपाल

नेपाली काँग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ । निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरूप उहाँलाई समर्थन गरेको हुँ कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु ।

जय नेपाल

प्रकाशमान सिंह