काठमाण्डु – नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको मतदानको समय थप गरिएको छ ।
मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान समय बेलुका साढे ७ बजेसम्मका लागि तय गरिएको थियो । तर, मतदान नसकिएकाले मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ ।
जारी मतदानमा मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ । मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो ।




प्रतिक्रिया