एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहित ६ कम्युनिस्ट पार्टीको चेतावनी

एमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहित ६ कम्युनिस्ट पार्टीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ वटा कम्युनिस्ट पार्टी र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी)तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै विप्लव, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुको तत्काल रिहाइको माग गरिएको छ ।