काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ ।
मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४ हजार ५६४ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । हिजोको तुलानामा मतदाताको संख्यो घटेको हो ।
सोमबार राति सकिएको मतदानमा ४६७९ मत खसेको थियो । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज दिउँसो दिउँसो साढे तीनबजे बाट दोस्रो चरणको मतदान सुरु भएको थियो ।
जसमा सबैभन्दा बढी मत ल्याउने पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।




प्रतिक्रिया