कांग्रेस सभापतिमा शेरबहादुर देउवा : गन्यापधुरादेखी सानेपासम्म

कांग्रेस सभापतिमा शेरबहादुर देउवा : गन्यापधुरादेखी सानेपासम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले आफ्ना प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतको अन्तरले पराजित गर्दै सभापतिमा दोस्रो कार्यकालका लागी विजयी भएका हुन् ।

दोस्रो मतदानमा ४ हजार ६२३ मत खसेको थियो । जसमा ३५ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । देउवाले २७ सय २३ मत ल्याए भने उनका प्रतिद्धन्द्धी कोइरालाले १८ सय ५५ मत पाए ।

पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत देउवाले ल्याएका थिए । तर, सभापतिमा निर्वाचन हुन २३ सय ४० मत आवश्यक हुन्थ्यो । कांग्रेस सभापतिका उम्मेदवारहरु देउवाले २२५८, कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्यांण गुरुंगले २२ मत पाएका थिए ।

कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको थियो । दोस्रो चरणको मतदान सुरु हुनुअघि नै सभापतिका तिनै उम्मेदवार सिंह,निधि र गुरुंगले देउवालाई साथ दिने घोषणा गरेका थिए ।

उनिहरुले सभापतिमा कोइरालालाई साथ दिने अपेक्षा गरिएको थियो । तर, देउवासंग शक्ति बांडफांडमा सहमति भएपछि उनिहरुले देउवालाई समर्थन गर्ने घोषणा गरेका थिए । यसअघि तिनै जनाले कांग्रेसको नेतृत्व गर्न देउवा असफल र असक्षम भएको भन्दै नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका थिए। तर,अन्तिममा नाटकिय हिसावले उनिहरुले देउवालाई समर्थन गरे ।

सिंह,निधि र गुरुंगले सहयोग गर्ने घोषणा गरेसंगै देउवाको लगभग जित सुनिश्चित थियो । तिनै उम्मेदवारले देउवालाई समर्थन गरेपछि कोइराला पराजित भएपनि उनले आफ्नो मत भने बढाएका छन् । कोइरालाले दोस्रो चरणको मतदानमा पहिलो चरणको भन्दा १५३ मत बढी पाएका छन्।

को हुन देउवा ?

सुदूरपश्चिमको डडेलधुरा जिल्लाको गन्यापधुरा गाउंपालिका वडा नम्बर १ मा २००३ सालमा जन्मिएका प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । उनी स्कुलदेखी नै कांग्रेसको राजनीतिमा सक्रिय भएका नेता हुन । देउवाले २०२२ सालमा सुदूर पश्चिमाञ्चल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।

देउवा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य हुदै पछि २०२८ मा सभापति समेत बनेका थिए । उनले विद्यार्थी नेताका रुपमा विपी कोइरालाको नजिक बसेर काम गर्ने अवसर पाएका थिए । देउवाले पञ्चायत विरोधी आन्दोलनको क्रममा धेरै पटक जेल समेत बस्नु परेको थियो । प्रधानमन्त्री देउवा सबै गरेर ९ वर्ष जेल बसेका थिए ।

२०४६ सालको जनआन्दोलनपछि देउवा चर्चामा आएका हुन । उनि त्यसपछि सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रमुख नेतका रुपमा उदाए । देउवाले २०४८ सालमा डलेल्धुराबाट पहिलो पटक सांसद बनेका थिए । त्यसपछि देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । देउवा गृहमन्त्री बनेपछि नै शक्तिमा उदाए । उनले गृहमन्त्री हुंदा नै शक्ति आर्जन गरेका हुन ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।

देउवा पांच पटक प्रधानमन्त्री हुन पाउने भाग्यमानी नेपाली नेतामा चिनिन्छन् । आफ्नो प्रधानमन्त्री कालमा धेरै विवादित काम गरेका नेता देउवा सभापतिमा निर्वाचित भएपछि फेरी एक कार्यकाल प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । उनको सुदुरपश्चिममा बलियो पकड छ ।

पार्टीभित्र स्पष्ट वक्ताका रुपमा चिनिने उनलाई राजा ज्ञानेन्द्र शाहको शासनकालमा भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । त्यो बेला उनि केही समय जेल समेत बसेका थिए ।

उनको आलोचना गर्नेहरुले देउवाले प्रजातन्त्र दरबारलाई लगेर बुझाएको भन्ने आरोप समेत लगाउने गर्दछन् । कांग्रेसमा चुनाव कहिले पनि नहार्ने नेताका रुपमा देउवा चिनिन्छन् ।

देउवा २०५६ सालमा गिरिजाप्रसाद कोइराला र २०६७ मा सुशील कोइरालासंग कांग्रेस सभापतिमा पराजित भएका थिए । त्यसपछि देउवाले रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । देउवालाई कोइराला परिवारभित्रको विभाजन र संस्थापन इतर धेरै उम्मेदवार भएकाले यस पटक चुनाव जित्न सजिलो भएको हो ।

उनलाई यसअघि दरबार, बाह्य शक्ति र कांग्रेसभित्रै पनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरुको सहयोग प्राप्त थियो । त्यसले पनि देउवालाई कोइराला परिवारसंगको लडाई जित्न सजिलो भएको उनलाई जान्नेहरु बताउंछन् ।