काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवालाई टेलिफोनमार्फत बधाई समेत दिएका छन् ।
दुवै नेताबीच संसदमा भएको अवरोध,एमसीसी, अदालतमा देखिएको समस्या र पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत टेलिफोनमा कुराकानी भएको स्रोतले बतायो ।
एमाले अध्यक्ष ओली कांग्रेसको उदघाटन सत्रमा समेत सहभागी भएका थिए भने प्रधानमन्त्री देउवा पनि चितवन पुगेर एमालेको महाधिवेशनमा सहभागी भएका थिए ।




प्रतिक्रिया