शक्तिशाली नेतालाई पाखा लगाउंदै माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित

शक्तिशाली नेतालाई पाखा लगाउंदै माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत -नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन् । माओवादी केन्द्रले केसीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

उनि यसअघि कर्णाली प्रदेशको तीन वर्ष भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्री थिईन ।

कर्णाली प्रदेशको अध्यक्षका लागी पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही,राजकुमार शर्मा र रामदिप आचार्य प्रतिस्पर्धामा थिए ।

माओवादी केन्द्रको कर्णाली प्रदेशको पहिलो बैठकले रुकुमबाट सांसद रहेकी नेतृ केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केन्द्रीय सदस्य रहेका नेताहरु प्रदेशमा नरहने निर्णय भएपछि उनलाई अध्यक्ष बन्न सहज भएको हो ।