कांग्रेस उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काको सुरुवाती अग्रता

कांग्रेस उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काको सुरुवाती अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

बुधबार साँझ सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार ६०० मत गन्दा धनराज गुरुङले २५८ र पूर्णबहादुर खड्काले २४६ मत ल्याएका छन् । चन्द्र भण्डारीले २१५ मत ल्याएका छन् ।

त्यस्तै विजय गच्छदारले १२२ मत ल्याएका छन् भने सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ मत ल्याएका छन् । यस्तै दिव्येश्वरी शाहले ६ मत पाएका छन् ।