३५ सय ५८ मत गन्दा खड्काको अग्रता कायमै, दोस्रो नम्बरमा गच्छादार

३५ सय ५८ मत गन्दा खड्काको अग्रता कायमै, दोस्रो नम्बरमा गच्छादार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छादारले अग्रता कायम गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा पछिल्लो परिणामअनुसार खड्काले अग्रता कायमै राखेका छन् भने गच्छादार पछिपछि  छन्।

३५५८ मत गन्दा खड्काले १६३४ र गच्छादारले १४४३ मत पाएका छन् । खड्का सभापति शेरबहादुर देउवा समूहका हुन् । त्यस्तै धनराज गुरुङले १४३७ मत पाएका छन् भने चन्द्र भण्डारीले १२५७, दिव्यश्वरी शाहले ११७ मत पाएका छन् ।

त्यस्तै सुजाता कोइरालाले ४३८ र महेश आचार्यले ४१३ मत पाएका छन् । यसअघि नै कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।