कांग्रेस निर्वाचन : महामन्त्री पदको मतगणना सुरु

कांग्रेस निर्वाचन : महामन्त्री पदको मतगणना सुरु


काठमाण्डु – नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १०ः ३० बजेदेखि मतगणना सुरु गरिएको हो ।

मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।