रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा


काठमाण्डु – मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षामन्त्री रहेका रिजालले नेपाली कांग्रेसकाे महामन्त्रीमा पराजित हुने भएपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’