कांग्रेस महामन्त्रीमा गगनले पाए १९१२ मत, अन्यले कति पाए ?

कांग्रेस महामन्त्रीमा गगनले पाए १९१२ मत, अन्यले कति पाए ?


काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा २९२० मत गन्दा गगन थापाले १९१२ मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले  ८७१ मत ल्याएका छन् ।

त्यस्तै विश्वप्रकाश शर्माले ११८३ , प्रकाशशरण महत ९६३, मिनेन्द्र रिजाल ४९८ र राजाराम कार्कीले ७१ मत पाएका छन् । दुई महामन्त्रीका लागि ६ जना प्रतिस्पर्धामा छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।