कांग्रेसकाे महामन्त्री मतगणना अपडेट : गगन थापा जित नजिक, विश्वप्रकाश दाेस्राे स्थानमा

कांग्रेसकाे महामन्त्री मतगणना अपडेट : गगन थापा जित नजिक, विश्वप्रकाश दाेस्राे स्थानमा


काठमाण्डु- नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । हालसम्म ३६२० मत गणना  भएकाे छ ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनाअनुसार  सबैभन्दा बढी गगन थापाले २३४८ मत ल्याएका छन् । थापा जित नजिक पुगेका हुन् । यस्तै दाेस्राे स्थानमा विश्वप्रकाश शर्मा रहेका छन् । उनले १४७७ मत ल्याएका छन् ।

यस्ताे छ नेपाली कांग्रेस महामन्त्रीको ताजा मतपरिणामः

गगनकुमार थापा– २३४८
विश्वप्रकाश शर्मा– १४७७
प्रकाशशरण महत– ११९०
प्रदीप पौडेल– १०८५
मीनेन्द्र रिजाल– ६२९
राजाराम कार्की– ८६