माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल चयन

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल चयन


काठमाण्डु – नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल मगर चयन भएका छन् । मंसिर २५ र २६ मा दाङमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।

सो समितिले प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको हो । अध्यक्षको नाम टुंगो लगाएपनि अन्य पदाधिकारी भने टुंगो लागेको छैन । माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।