जितपछि शर्माले भने – पार्टीलाई नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भयो

जितपछि शर्माले भने – पार्टीलाई नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भयो


काठमाण्डु – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । काठमाण्डुमा जारी पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

महामन्त्रीमा विजयी भएपछि शर्मा पार्टी कार्यालय सानेपामा पुगेका छन् । सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’

त्यसैगरी कांग्रेसको महामन्त्रीमा नेता गगन थापा भारी मतले विजयी भएका छन् ।