नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मिनेन्द्रले दिए बधाई

नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मिनेन्द्रले दिए बधाई


काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मिनेन्द्र रिजालले बधाई दिएका छन् ।

आफू पराजित भए पनि उनले मतगणनाको अन्तिम परिणाम आएसँगै सामाजिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि आजै उनले रक्षामन्त्रीबाट पनि राजीनामा दिइसकेका छन् ।

महाधिवेशनमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. रामशरण महत, प्रदीप पौडेल र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।