काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ। काठमाण्डुमा जारी महाधिवेशनमा अन्तर्गत पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना सुरु भएको हो । बाँकी पाँच सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुने जनाइएको छ ।
सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, डिना उपाध्याय, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दिएका छन्।
कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यस्था छ ।




प्रतिक्रिया