काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणनाा जारी छ ।
जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बेले लगातार अग्रता बनाउँदै गएका छन् । तीन हजार ७३ मत गणना हुँदा उनले १७८० मत ल्याएका छन् ।
त्यस्तै उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले १२४८ मत ल्याएका छन् । जुन आङदेम्बे भन्दा ५३२ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।




प्रतिक्रिया