काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज बिहान सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । प्रचण्डले सभापतिमा निर्वाचित भएका देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन् । उनीहरुबीचको भेटमा राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।




प्रतिक्रिया