काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा बद्रि पाण्डेले अग्रता कायमै राखेका छन् । काठमाण्डुमा जारी महाधिवेशन अन्तर्गत १६११ मत गन्दा पाण्डेले ७९४ मत र जीवनबहादुर शाहीले ७२९ मत पाएका छन् ।
पाण्डे डा. शेखर कोइराला प्यानलका हुन् भने कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही शेरबहादुर देउवा प्यानलका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।




प्रतिक्रिया