भीम रावललाई थप जिम्मेवारी दिनेबारे अध्यक्षसँग छलफल भइरहेको छ : महासचिव पोखरेल

भीम रावललाई थप जिम्मेवारी दिनेबारे अध्यक्षसँग छलफल भइरहेको छ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई जिम्मेवारी दिइनेबारे पार्टीमा छलफल भइरहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित अस्फा हाउसमा आयोजिक पत्रकार सम्मेलनमा बाल्दै महासचिव पोखरेलले रावललाई थप जिम्मेवारी दिइनेबारे अध्यक्ष केपी ओलीसँग छलफल तथा परामर्श भइरहेको बताएका हुन् ।

एमालेको १०औं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा पराजित भएका रावलले थप जिम्मेवारीमा नबस्ने बताउँदै आएका छन् ।

नीतिगतरूपमा नेता रावल हाल केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेको र जिम्मेवारी लिन नचाहे पनि केन्द्रीय सल्लाहकारकै रूपमा पार्टीमा भूमिका रहने पोखरेलले बताए ।

‘तर पार्टीको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी दिन्छ । थप जिम्मेवारीका लागि पार्टी अध्यक्षसँगको परामर्शमा निर्णय हुनेछ,’ उनले भने ।

महाधिवेशनबाट निर्वाचित र मनोनीत सदस्यहरूलाई पार्टीले जिम्मेवारी समेत बाँडफाँट गरिसकेको छ । रावल भने केन्द्रीय सदस्यमा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको पोखरेलले जानकारी दिए ।

‘भीम रावल केन्द्रीय कमिटीमा नरहेकाले उहाँलाई जिम्मेवारी नदिएको हो । उहाँले अब अर्को जिम्मेवारी निर्धारण नभएसम्म केन्द्रीय सल्लाहकार परिषद्का सदस्यका रुपमा पार्टीलाई सुझाव दिनुहुन्छ’, उनले भने ।