काठमाण्डु – नेपाली कांग्रेसका नेता फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट मन्सुर मुस्लिमतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले २७७६ मत ल्याउँदै जित हात पारेका हुन् । उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका छन् । वकिलले १८७१ मत पाएका छन् ।




प्रतिक्रिया