काठमाण्डु– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको सहमहामन्त्रीमा पराजित भएका छन् । देउवा प्यानलबाट सहमहामन्त्रीका उम्मेदवार रहेका शाहीलाई युवा नेता बद्री पाण्डेले २७८ मतले चुनाव हराएका हुन ।
जवकी पाण्डेकै समुहबाट चेतराज बजालले समेत उम्मेदवारी दिएका थिए । उनले ९९ मत ल्याएका छन भने पाण्डेले २४११ मत ल्याए । शाहीले २१३३ मत पाए पनि उनि पराजित भए ।
बाजुरा घर भएका पाण्डे कांग्रेसभित्र युवा पुस्तामा अध्यनशिल र संघर्ष गरेका नेताका रुपमा चिनिन्छन् । उनी यसअघि मनोनित सांसद समेत थिए । कर्णालीका बहालवाला मुख्यमन्त्री शाहीलाई उनले पराजित गरेपछि अहिले पाण्डेको चर्चा चुलिएको छ ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चौधौं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । कांग्रेसभित्र प्रभाव राख्ने नेता रिजाल महामन्त्रीमा पांचौ भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिने निर्णय गरेका हुन ।
महामन्त्रीमा निर्वाचित गगन थापा,विश्वप्रकाश शर्मा र तेस्रो नम्बर पराजित भएका प्रकाशशरण महत र प्रदिप पौडेलपछि रिजालले भोट पाएका थिए । महत बाहेक अरु सबै नेता रिजालभन्दा जुनियर हुन । उनले कार्यकर्ताको मन नजितेकाले पराजित भएको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका थिए । रिजालले आफु सक्रिय राजनीतिमा नरहने संकेत समेत गरेका छन् । उनले पदबाट राजीनामा दिएसंगै नेपाली राजनीतिमा उच्च नैतिकता रिजालबाट प्रदर्शन भएको भन्दै उनको प्रशंसा भइरहेको छ ।
रिजालले महामन्त्रीमा पराजित भएजस्तै मुख्यमन्त्री शाही पनि आफुभन्दा जुनियरसंग सहमहामन्त्रीमा पराजित भएका छन् । स्रोत र शक्तिका हिसावले समेत बलिया रहेका शाही पाण्डेसंग पराजित भएसंगै उनले पनि त्यो नैतिकता प्रदर्शन गर्लान भन्ने चांसो सबैतिर छ । तर, शाहीले राजीनामा दिने सम्भावना भने कम छ । मुख्यमन्त्री शाही सहमहामन्त्रीमा हारेपनि आफुले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउंछन् ।
शाहीले रिजाललाई प्रधानमन्त्री देउवाले रक्षामन्त्री बनाएको र निर्वाचनमा अर्को समुहमा रहेका कारण नैतिक दबाव परेकाले राजीनामा दिनुपर्ने भएपनि आफ्नो हकमा त्यो नभएको बताए ।
शाही उच्च ओहोदामा रहेर कांग्रेसमा चुनाव हार्ने दोस्रो ठुला नेता हुन । यसअघि पर्यटनमन्त्री रहिसकेका शाही शक्तिका लागी जे पनि गर्ने नेताका रुपमा समेत चिनिन्छन । त्यसैले उनले राजीनामा दिने सम्भावना भने कम छ ।
कर्णालीमा प्रत्यक्षमा एक सिट मात्र जितेको नेपाली कांग्रेसले अहिले मुख्यमन्त्री चलाइरहेको छ । मुख्यमन्त्रीका लागी उनले कर्णालीमा गरेका घोषित अघोषित सम्झौताले समेत उनले राजीनामा दिएर नैतिकता प्रर्दशन गर्ने सम्भावना देखिदैंन ।
सस्तो लोकप्रियताका लागी शाहीले चीनले नेपाली सीमा मिचेको भन्दै प्रचार गरेका थिए । अमेरिका पढेका शाहीको उक्त दावी गलत भएको भन्दै सरकारले पछि उनको भनाईको खण्डन समेत गरेको थियो । तर, उनले अहिले पनि चीनसंगको सीमा विवादलाई आफ्नो राजनीतिक मुद्दा बनाइरहेका छन् । जसका कारण नेपाली कांग्रेस र चीनबीचको सम्बन्ध समेत बिग्रीरहेको छ । शाही तिनै नेता हुन जो राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को कदमलाई समर्थन गर्दै जिल्ला विकास समिति हुम्लाको सभापति समेत बनेका थिए ।
राजाको कदमलाई समर्थन गरेको व्यक्तिलाई मुख्यमन्त्री बनाइएको भन्दै अहिले पनि कांग्रेसभित्र असन्तुष्टि छ । उनले कर्णाली प्रदेशमा मुख्यमन्त्री भएको डेढ महिना हुंदा समेत मन्त्रिपरिषदलाई पुर्णता दिन सकेका छैनन । त्यसले पनि उनको कार्यक्ष्ँमता कति रहेछ भन्ने पुष्टि भइसकेको छ । त्यतिमात्र होईन उनलाई समर्थन गरेर मुख्यमन्त्री बनाउने दल माओवादीसंग समेत उनको अहिले सुमधुर सम्बन्ध छैन ।
प्रतिपक्षमा हुंदा समेत शाहीले तत्कालिन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसंग मिलेर फाइदा लिने गरेको आरोप लाग्ने गरेको थियो । उनले आफन्त र निकटलाई समेत सत्ताको दुरुपयोग गरेर पद बांडेको बताइन्छ । मुख्यमन्त्री शाहीले आफनै श्रीमतीलाई प्रदेश लोकसेवा आयोगको सदस्य समेत बनाएका छन् । त्यतिबेला समेत उनको चर्को विरोध भएको थियो ।




प्रतिक्रिया